बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार...

सम्बन्धित सामग्री

काँग्रेसका कान्छारामः देशैभरी काम गोलमाल छोड्ने ‘बदनाम ठेकेदार’

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । निर्माण व्यवसायीसमेत रहेका कान्छाराम अहिले हेलिकप्टर लिएर रामेछाप पुगेका छन् । गठबन्धनमा भागबण्डा गर्दा रामेछाप स्वभाविक रुपमा माओवादी केन्द्रले दाबी गरेको थियो । जनयुद्धको विशेष भूमी भएकाले रामेछाप माओवादीले छोड्न नहुने आवाज उठेको थियो । तर, अन्तिममा कान्छारामले टिकट हत्याए । माओवादी अध्यक्ष प्रचण्डलाई मोटो रकम दिएर कान्छारामले टिकट किनेको आरोप पनि लागेको छ ।बद्नाम ठेकेदारकान्छाराम बद्नाम ठेकेदार हुन् । रामेछापमा समाजसेवाको नाममा एम्बुलेन्स बाँड्ने जस्ता काम गरेको देखाएपनि उनले देशका विभिन्न ठाउँमा ठेक्का लिएका कयौँ योजना अलपत्र छन् । यसको पछिल्लो उदाहरण हो स्याङ्जाको आधिखोलाको पुल ।आठ वर्ष अगाडी ठेक्का पाएको उक्त पुल कान्छाराम कन्ट्रक्शनले नबनाएरै टार्यो । स्थानीय युवाहरुले ‘दारी ग्याङ’ जस्तो प्रचलित फेसबुक ग्रुपमा ठेकेदार हराएको सूचना भन्दै कान्छारामको फोटो नै पोष्ट गरे ।सँगै, सो क्षेत्र भएर गुड्ने सबैजसो गाडीहरुमा उनीहरुले ‘कामचोर ठेकेदार’ भन्दै कान्छारामको फोटो टाँसे । त्यसपछि मात्रै कान्छाराम पुल बनाउन लागे । अझै पनि गाडी गुडेको छैन ।यसैगरी, २०७४ साल चैतमा झापाको धरमपुर–पाँचगाछी सडक कालोपत्रे भएको भोलिपल्टै उक्कियो । हातैले पिच उक्किएको देखेपछि प्राविधिक र जनप्रतिनिधि छक्क परेका थिए ।२०७४ को निर्वाचनमा पनि काँग्रेसबाट प्रतिनिधिसभाकै उम्मेदवार रहेका कान्छाराम आफ्नो निर्माण कम्पनीका कर्तुत लुकाउन बेलाबेलामा रामेछापमा समाजसेवीको रुपमा चर्चामा आउँछन् । तर, उनको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शन भने बद्नाम छ ।यसैबीच, मन्थलीस्थित रामेछाप विमानस्थलमा पार्किङस्थल विस्तारको ठेक्का पनि कान्छारामले पाएका थिए । ८ वटासम्म साना जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाउने काम गत वर्षकै फागुन २ मा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, कान्छारामले कामा नगर्दा काम अहिलेसम्म पूर्ण रुपमा सकिएको छैन ।यसैगरी, बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा जति ताकेता गर्दा पनि ढिलाइ गरेपछि कान्छारामलाई जिल्ला प्रशासन कार्यालय खोटाङले कारबाहीका लागि गृहमा सिफारिस पनि गरेको थियो । त्यस्तै, दाङ, घोराहीको चार लेन सडक विस्तारको काम पटक पटक म्याद थप गर्दा पनि अवस्था उस्तै छ । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम पनि १ वर्षमा सक्नुपर्नेमा ८ वर्षसम्म पूर्ण छैन ।यसैबीच, राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एण्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्शनले पाएको थियो । सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीन पटकसम्म ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि मात्रै उसले बल्लतल्ल त्यो काम सकेको थियो ।यसरी, आफूले ठेक्का लिएका देशैभरका आयोजना अलपत्र बनाउने उनै कान्छाराम तामाङ अहिले सत्ता गठबन्धनको बलमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेर संसद छिर्ने दाउमा छन् ।

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया […]

पर्साको बहुदरमाईमा बल्ल किनियो एम्बुलेन्स

१५ चैत, वीरगञ्ज । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आए । त्यसपछि उनीहरुका लागि सवारी साधन किन्ने होडबाजी नै चल्यो । जनतालाई एम्बुलेन्स र दमकल भन्दा आफ्ना लागि गाडी, मोटरसाइकल किन्ने कार्यलाई जनप्रतिनिधिले प्राथमिकतामा राखे । पर्साको बहुदरमाई नगरपालिका पनि त्यसबाट अछुतो रहेन । ०७६ भदौसम्ममा बहुदरमाई नगरपालिकामा ७० लाख […]

मनकारी जनप्रतिनिधि : एक्बुलेन्सका लागि निःशुल्क निजी सवारी

वैशाख २९, म्याग्दी  । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणका विरामीहरुलाई सेवा दिनका लागि म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्करुपमा प्रदान गरेका हुन् । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पतालसम्म पु¥याउन उनले आफ्नो निजी सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनले नौ सिट क्षमताको स्कारपिओ जिपको साँचो मंगलवार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई हस्तान्तरण गरेका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको र जुनसुकै समयमा पनि संक्रमितलाई अस्पताल सम्म पुर्‍याउनुपर्ने भएकाले कोरोना महामारी रहेसम्म आफूले गाउँपालिकालाई नि : शुल्क रुपमा प्रयोग गर्ने गरी सवारी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए । उक्त सवारीलाई एम्बुलेन्सका रुपमा पालिकामा २४सै घण्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उक्त सवारीमा स्वास्थ्य उपकरणहरु जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिने उनको भनाइ थियो । स्मरणीय छ, अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका अनय कामहरु पनि गरेका छन् । उनले आफू निर्वाचित भएर आएपछिको करीब चार वर्षको अवधिमा गाउँपालिकामा ५० लाख रुपैयाँभन्दा बढीको निजी खर्चमा मोटरबाटो, मन्दिर,विद्यालय लगायतका विकासका पूर्वाधारहरु निर्माण गरेका स्थानीय वासिन्दाको  भनाइ छ ।

तनहुँः जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।

जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स

पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधानलाई सङ्क्रमितको उपचारमा प्रयाग गर्न एम्बुलेसको रुपमा सञ्चालन गरिने भएको हो । पाँचखाल नगरका प्रमुख खरेलले आफ्नो निजी गाडी ल्याण्डक्रुजरसमेत कोरोना सङ्क्रमणको उच्च जोखिमका समयमा पाँचखालका स्थानीयका लागि एम्बुलेन्सको र...

यस्तो होस जनप्रतिनिधि, आफूले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गरे

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्। सङ्क्रमित बढेपछि एम्बुलेन्स नपाउने भएकाले छिटोछरितो सेवा दिन आफूहरुले चढेको गाडी एम्वुलेन्सको रुपमा प्रयोग गरेको नगरप्रमुख घिमिरेले बताए। नगरप्रमुखले चढने लु१झ ३६० र उपप्रमुखले चढ्ने लु१झ ३२६ नंको गाडी आजैदेखि सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन्। रासस

स्थानीय तहमा मनपरी-एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी

विराटनगर । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ...