यस्तो होस जनप्रतिनिधि, आफूले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गरे

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्। सङ्क्रमित बढेपछि एम्बुलेन्स नपाउने भएकाले छिटोछरितो सेवा दिन आफूहरुले चढेको गाडी एम्वुलेन्सको रुपमा प्रयोग गरेको नगरप्रमुख घिमिरेले बताए। नगरप्रमुखले चढने लु१झ ३६० र उपप्रमुखले चढ्ने लु१झ ३२६ नंको गाडी आजैदेखि सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन्। रासस

सम्बन्धित सामग्री

झन्डै ८७ लाख यात्रुले प्रयोग गरे त्रिभुवन विमानस्थल

काठमाडौं। सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ हवाई यात्रुले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या हालसम्मकै उच्च हो । अघिल्लो वर्ष सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले यात्रुले उक्त विमानस्थल प्रयोग गरेका थिए ।  झन्डै ८७ लाख यात्रुले प्रयोग गरे त्रिभुवन विमानस्थल  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ अन्तरराष्ट्रिय यात्रुले यो विमानस्थल प्रयोग गरेको र ३१ हजार ४६० पटक अन्तरराष्ट्रिय जहाज उडान–अवतरण भएको देखिन्छ । सन् २०२२ को तुलनामा २०२३ को अन्तरराष्ट्रिय यात्रु संख्या ३० दशमलव १८ प्रतिशतले बढी हो । सन् २०१८ को तुलनामा भने २०२३ को यात्रु वृद्धिदर ४ दशमलव ५ प्रतिशत मात्र छ । तैपनि अन्तरराष्ट्रिय यात्रुको उक्त संख्या हालसम्मकै उच्च रहेको कार्यालयले उल्लेख गरेको छ ।  सन् २०२३ मा आन्तरिकतर्फका ४१ लाख ५० हजार ३२६ यात्रुले यो विमानस्थल प्रयोग गरेका छन् । सन् २०२२ को तुलनामा आन्तरिक यात्रु संख्या ७ दशमलव शून्य ७ प्रतिशतले कम हो । सन् २०२३ मा ९६ हजार ९८९ पटक आन्तरिक जहाज उडान–अवतरण भएको छ । आन्तरिकतर्फका ९ हवाईजहाज र १२ हेलिकोप्टर गरी २१ वायुसेवा कम्पनीले उडान–अवतरणका लागि यो विमानस्थल प्रयोग गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थल प्रयोग गर्छन् । तिनले १६ देशका ३१ गन्तव्यमा उडान भर्छन् ।  कोभिडअघि सन् २०१८ मा अन्तरराष्ट्रिय र आन्तरिक गरी ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ हवाई यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए ।  नेपालले ४१ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत मङ्सिर १९ गते नेपाल र रुवान्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

पोखरा रंगशालाको पूर्वाधार र मैदान प्रयोग गरे शुल्क उठाउन सुझाव

प्रतिदिन ५५ हजारदेखि तीन हजारसम्म शुल्क लिन कार्यदलको प्रस्ताव पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि गठन गरिएको कार्यदलले कसैले पूर्वाधार प्रयोग गरे शुल्क उठाउने सुझावसहित प्रतिवेदन बुझाएको छ । खेलकुदमा नाममा अवैध...

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।...

लोकतन्त्रको छद्म आडमा शक्तिराष्ट्रले कसरी इजिप्टलाई प्रयोग गरे ?

लोकतन्त्र स्थापना हुनुभन्दा अघिको इजिप्ट कस्तो थियो ? यसको गतिलो जवाफ हुनसक्छ प्रा. डा. पुष्प अधिकारीको पुस्तक, ‘इजिप्ट अनटिल डेमोक्रेसी’ । यो पुस्तकले अनादिकालदेखि समाजमा चलिआएको नैतिकता, आचरणजस्ता मौलिक गुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई पुस्तकले प्रष्ट पारेको छ । अझ भनौं मुख्य शक्तिराष्ट्रहरुका स्वार्थलाई चुनौती दिंदा […]

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

काठमाडौं, ९ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् । युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान […]

भदौ १ गतेबाट प्लास्टिक प्रयोग गरे जरिवाना

काठमाडौं, साउन १० । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विभागले भनेको छ ुनेपाल सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन […]

नारायणकाजी श्रेष्ठको टिप्पणी-एमालेले विवेक प्रयोग गरे वाम आन्दोलनको हितमा हुनेछ

काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेले राम्रोसँग विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमिक्षा गर्न सके देश, जनता र वाम आन्दोलनको हितमा हुने टिप्पणी गरेका छन् । एमालेले ९ महिना लामो संसद् अवरोध अन्त्य गरेकोमा उनले खुशी व्यक्त गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले एमालेले संसद् […]

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ। यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् […]

रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ । उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताउनुभएकाे हाे। उहाँले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिनुभएको छ । बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले […]

साउदी अरबमा लभ इमोजी प्रयोग गरे जेल सजाय

सामाजिक सञ्जालका विभिन्न एपमा विभिन्न इमोजी छन्। तीमध्ये ‘लभ साइन’ पनि एक हो। साउदी अरबमा भने ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल समयसम्म हुन हुन्छ।साउदी अरबका साइबर अपराधका एक विज्ञले ह्वाट्स एपमा लभ इमोजी पठाउने जो कोहीलाई जेल सजाय हुन सक्ने बताएका छन्। लभ साइन वाला इमोजी पठाउँदा साइबर अपराध हुन सक्ने भन्दै यदि पठाउने व्यक्ति दोषी पाइएमा उसलाई दुईदेखि पाँच वर्षसम्मको जेल सजाय र १ लाख रियाल जरिवाना पनि हुनसक्नेओकाज अखबारलाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएको छ।एण्टी