पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधानलाई सङ्क्रमितको उपचारमा प्रयाग गर्न एम्बुलेसको रुपमा सञ्चालन गरिने भएको हो ।
पाँचखाल नगरका प्रमुख खरेलले आफ्नो निजी गाडी ल्याण्डक्रुजरसमेत कोरोना सङ्क्रमणको उच्च जोखिमका समयमा पाँचखालका स्थानीयका लागि एम्बुलेन्सको र...