नेपाल पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार रञ्जन अधिकारीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै शनिबार प्रेस चौतारीले तालाबन्दी गरेको छ ।खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम् पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य समेत रहेका अधिकारीले लेखेको समाचारको विषयलाई लिएर तीन दिनदेखि बारम्बार धम्की आएको थियो । पत्रकार अधिकारीलाई नवलपरासी घर भई पोखरा–११ बस्दै आएका श्र