प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित