नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन्। शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो । अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याए भने उनको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याए।
&...