नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको अध्यक्षमा नुवाकोटका शिव देवकोटा निर्वाचित भएका छन् । निर्वाचनमा देवकोटाले ५४१, चितवनका हरिप्रसाद पोखरेलले ४२१, मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा मकवानपुरका रुपेश दुलाल र महिला उपाध्यक्षतर्फ पनि सोही जिल्लाकी नानीमैया (सम्झना) कार्की निर्वाचित भए। महासचिवमा मकवानपुरका कृष्णसारु मगर, सचिवमा सिन्धुपाल्चोकका युवराज पुरी, सचिवमा समावेशीतर्फ दोलखाका जीवन लामा र सिन्धुलीका राजन विक तथा कोषाध्यक्षमा रामेछापका रमेश ढुङ्गेल विजयी भए ।
खुल्ला ...