पत्रकार महासङ्घ झापाको भवन बनाउन प्रदेश सरकारको सहयोग

झापा, २ भदौ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल […]

सम्बन्धित सामग्री

नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने

गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।  देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास […]

प्रदेशमै सञ्चारमाध्यम दर्ता र नवीकरण

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशमै आम सञ्चारमाध्यमम दर्ता, नवीकरण र खारेजीको व्यवस्थाका लागि प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गर्ने भएको छ । सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारले अघि बढाएको आमसञ्चार विधेयक पारितपछि प्रेस रजिस्ट्रारको नियुक्तिलगायत कार्य अघि बढ्ने र सञ्चारमाध्यमले दर्ता, नवीकरणलगायतमा भोग्नुपरेका समस्या समाधान गरिने कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले बताए ।   नेपाल पत्रकार महासङ्घको आयोजना र महासङ्घ कास्की शाखाको समन्वयमा आजदेखि पोखरामा शुरू भएको एकहप्ते आधारभूत पत्रकारिता तालीमको उद्घाटन कार्यक्रममा मन्त्री थापाले प्रदेशसभामा विचाराधीन रहेको सञ्चार विधेयकलाई परिमार्जन गरी नमूना विधेयकका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘आम सञ्चार विधेयक हाल विचाराधीन रहेको छ । पत्रकारिताको सबै क्षेत्रका साथीसँग बसेर छलफलबाट परिमार्जन गरी नमूना विधेयकका रूपमा ल्याउने प्रयास गर्नेछौं । सञ्चार विधेयक समयानुकूल परिर्वतन गरेर पास गरेपछि प्रेस रजिस्ट्रारको कार्यालय पोखरामा रहने गरी स्थापना गरिनेछ ।’ उक्त अवसरमा मन्त्री थापाले पत्रकार महासङ्घ कास्कीमा पुस्तकालय स्थापनाका लागि रू. १५ लाख र महासङ्घ प्रदेशका छ जिल्ला शाखाको भवन निर्माणका लागि रू. ६० लाख विनियोजन गरिएको जानकारी दिनुभयो । लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढङ्गबाट वितरण गर्ने गरी सञ्चार मन्त्रालय अगाडि बढेको उनले बताए । रासस

मिडिया मैत्री विधेयक बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पोखरेल

खुशीमाया गुरुङ, लमजुङ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार मिडिया मात्रै विधेयक बनाउन प्रतिबद्धता रहेको बताउनुभएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा लमजुङको भवन शिलान्याश समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उदघाटन मन्तव्यमा उहाँले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा पर्याय र पूरक भएको समेत […]

प्रेसमैत्री बजेट ल्याउन माग

कर्णाली, १९ वैशाख: नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले प्रेसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घ टोलीले आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेट्नुपर्ने विषयबारे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न, प्रदेश समितिलगायत आफ्नै भवन तथा जग्गा […]