कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-११ डोके बजारसँग सीमा जोडिएको गौरीफण्टा नाकाबाट अहिले दैनिक भारबाट सयौंको संख्यामा यात्रुहरू आउने क्रम जारी रहेको छ। सीमा नाका भएर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासहित देशका अन्य भूभागका नागरिकहरू भित्रिने गरेका छन।सीमा नाका भएर भारत जाने नागरिकहरूको संख्या समेत उत्तिकै छ। सीमा नाका भएर आवतजावत गर्ने नागरिकमध्ये २० प्रतिशत जति नागरिकहरूको मात्रै सामान्य स्वास्थ्य जाँच गरी गन्तव्य तर्फ पठाउने गरिएको छ। पुनर्वास नगरपालिकाले सीमा नाकामा एउटा ह