प्रदेश दुईका अस्पतालहरूमा थपियो जनशक्ति

प्रदेश दुईका अस्पतालहरुमा स्वास्थ्य जनशक्ति अभाव भएपछि सरकारले अस्थायी करारमा थप गरेको छ।

सम्बन्धित सामग्री

नर्सिङमा थपियो २९५ स्थायी दरबन्दी, वीरमा मात्रै २४५

स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्र्तगत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ। लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका नर्सहरुलाई स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र वितरण गरेको हो।  मन्त्रालयले नियुक्तिका लागि सिफारिस भएका...

काठमाडौंको सफाइका लागि जनशक्ति थपियो, १५० जनालाई पाँच क्षेत्रमा परिचालन

काठमाडौ‌ं । काठमाडौं महानगरले सहर सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि, नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो...

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘हामीले समयमै सम्पन्न गर्नका लागि द्रुत गतिमा काम गरेका छौँ तर कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युपमेन्टको कारणले समय धकेलिन पुग्यो ।’ उहाँले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रूपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिनुभयो ।        उहाँका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले ४०० को हाराहारीले काम गरिरहेका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको थियो ।  सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।  आयोजनाका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युपमेन्ट जडान, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उहाँले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिनुभयो ।      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।      पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल ¥याडर, घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमानस्थलले जम्मा तीन हजार ७९९ रोपनी क्षेत्रफल चर्चेको छ ।  रासस

निजी आवासहितको पुनर्निर्माण गर्न समय थपियो

काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ भित्रै भूकम्पबाट भत्किएका निजी आवासलगायत पुनर्निर्माणको काम सम्पन्न गर्न समय थपिएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीवार बसेको निर्देशक समितिको १९ औं बैठकले आगामी आर्थिक वर्षको पहिलो चौमासिकसम्म पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी समय थपेको हो । कोरोना महामारीको दोस्रो चरणको निषेधाज्ञाका कारण पुनर्निर्माणमा अवरोध आएको भन्दै पुनर्निर्माणको म्याद थप गरिएको छ । सोही निर्णयअनुसार अब निजी आवासलगायत पुनर्निर्माणका काम सम्पन्न गर्ने समय कात्तिक मसान्तसम्म थपिएको छ । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली ०७८ कात्तिक मसान्तसम्म यथावत राख्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको ‘वहिगर्मन तथा हस्तान्तरण कार्ययोजना’ परिमार्जन गरिएको जानकारी दिए । ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकभित्र ती कार्य सम्पन्न गरिने दाबी गरेका छन् । बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीलाई ०७८ कात्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फस्र्योट गर्ने निर्णय पनि गरेको छ । उक्त बैठकले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कार्य पनि एकैसाथ अघि बढाउने निर्णय गरेको उनको भनाइ छ । नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन ०७८ मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्न बैठकले स्वीकृति दिएको छ । प्राधिकरणले तत्कालीन अवस्था हेरी भौतिक तथा भर्चुअल माध्यमको मिश्रित मोडलमा उक्त सम्मेलन आयोजना गर्नेछ । यस्तै, बैठकले निर्माण कार्य सम्पन्न गरेका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत सम्भव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ । निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई यसअघि गरिएको समझदारीअनुसार सञ्चार तथा यातायात खर्च र दुर्गम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । यसैबीच बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुनर्निर्माणमा सम्बद्ध ३ हजार प्राविधिकले सिंहदरबार घेराउ गर्ने, संयुक्त राजीनामा दिनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकले सिंहदरबार घेराउ गरी राजीनामा बुझाउने जानकारी दिएको हो । भूकम्पपछिको पुनर्निर्माणमा संलग्न भएका ३ हजारभन्दा बढी प्राविधिकले शुक्रवार सिंहदरबार घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरूले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराउ गरी केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा राजीनामा दिने तयारी भएको समितिका अध्यक्ष अविनाश अमरले बताए । सरकारले प्रत्येक वर्ष दिने भनेका अतिरिक्त सुविधाबाट वञ्चित गराइएको भन्दै राजीनामा दिन बाध्य भएको उनले जानकारी दिए । असार ११ गतेबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद हुने भन्दै उनले आन्दोलनबाट माग पूरा गराउन नहट्ने दाबी गरे । ३२ जिल्लाअन्तर्गतका सम्पूर्ण प्राविधिकको राजीनामा इकाइमा बुझाउने तयारी गरेको उनको भनाइ छ ।

सेती अस्पतालमा आइसियू बेडसहित स्वास्थ्य उपकरण र जनशक्ति थपियो

दोस्रो लहरको कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण थपिएका छन्।

थप कडाइका साथ काठमाडौं उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा

जेठ ११, काठमाडौं । कोभिड ­-१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौं उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेबाट लागू हुनेछ ।  काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको मंगलवारको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । उनका अनुसार यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकार, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरीद, विक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएको समयमा भने खाद्यान्न, किसाना पसल तथा डिपार्टमेन्ट स्टोर्सलगायतका अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।  विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।  सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।  औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।  अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।   अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन, खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था/संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारीसाधान  बिहान  ९:३० देखि १०:३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।  बैंकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने जानकारी दिइएको छ । रासस

कोरोनाको उपचार गर्ने अस्पतालको हालः पुर्वाधार थपियो–जनशक्ति उही

प्रदेश १ मा कोरोनाका संक्रमितको संख्या थपिने दर दिनदिनै वढिरहेको छ। संक्रमित थपिन थालेपछि आईसोलेसन, अस्पतालमा वेड लगायतका पुर्वाधार पनि थपिदै छन। तर, पनि संक्रमितले उपचार नपाएर मर्नु पर्ने घट्नामा भने ...

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो - Purbeli News

धनुषा / कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई...

निषेधाज्ञा १ साता थपियो

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले निषेधाज्ञा १ साता थप गर्ने निर्णय गरेको छ । मंगलवार बसेको उपत्यकाका प्रजिअहरूको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि वैशाख १३ गते बसेको प्रजिअहरूको बैठकको निर्णयअनुसार बिहीवारदेखि उपत्यकामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । सोही साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउनसक्ने अधिकार दिएको थियो । बैठकले आज (बुधवार) देखि निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ । यसअघि निषेधाज्ञा केही खुकुलो भए पनि अब मोडालिटी परिवर्तन गर्दै थप कडाइ गर्न लागिएको प्रजिअ पराजुलीले जानकारी दिए । ‘अत्यावश्यक कामबाहेक हिँडडुलमा कडा रोक लगाएर उल्लंघन गर्नेलाई कारबाही गर्छौं,’ उनले भने । यसका लागि पर्याप्त मात्रामा जनशक्ति परिचालन गर्ने उनले बताए । यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्य सामग्री पसल, व्यवसाय आदि खोल्न दिने गरिएकोमा अब त्यस्तो व्यवसाय बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय बैठकले गरेको छ । डिपार्टमेन्ट स्टोर पनि बिहान २ घण्टा मात्र खोल्न दिने निर्णय भएको छ । बैठकले यसअघि जारी भएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । सवारी आवागमन कम गर्न यसअघि जारी गरिएका सबै पास खारेज गरिएको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए । उनका अनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बद्ध सवारी, एम्बुलेन्स र शव वाहनका सवारी भने चल्न पाउनेछन् । औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ । सुरक्षा सम्बन्ध कर्मचारी र औषधि आपूर्तिसँग सम्बद्ध कर्मचारीको हकमा भने सम्बद्ध कार्यालयको परिचयपत्रको आधारमा सवारी चल्न दिइनेछ । उपत्यका छाड्नेहरूलाई भने सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । सम्बद्ध पालिकाको सिफारिश भएमा १० दिन क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौं छाड्न सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । पराजुलीका अनुसार बैंक तथा वित्तीय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए । निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन गराउन अनुगमनलाई तीव्रता दिने बैठकले निर्णय गरेको छ ।

पूर्वाधार थपियो, जनशक्ति छैन

संक्रमितको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको २५ शय्याको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) सञ्चालनमा ल्याइएको छ ।