नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ। मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावक