६ महिनामा ६८ अर्ब ६६ करोडको प्रशोधित तेल निर्यात

नेपालबाट सबैभन्दा धेरै प्रशोधित तेल निर्यात भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा कुल निर्यातको ५७.८ प्रतिशत निर्यात प्रशोधित तेल (भटमास, पाम र सूर्यमुखी) भएको हो ।६ महिनामा कुल एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात हुँदा ६८ अर्ब ६६ करोड रुपैयाँको तेल रहेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक […]

सम्बन्धित सामग्री

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो । आव २०७८/७९ को पहिलो ६ महीनाको तुलनामा यसपालि आयात १५ दशमलव ३ र निर्यात ६२ दशमलव ७ प्रतिशतले घटेको छ । गत आवको पहिलो ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको थियो । यो वर्षको उक्त अवधिमा २ खर्ब ९५ अर्ब रुपैयाँको सामान आयात भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । यो वर्ष निर्यात स्वात्तै घटेको छ । गतवर्षको समीक्षा अवधिमा ५५ अर्ब रुपैयाँबराबरको निकासी भएकोमा यो वर्ष २० अर्ब रुपैयाँमा खुम्चिएको छ । अघिल्ला वर्षहरूमा नेपालबाट प्रशोधित खानेतेलको निकासी उल्लेख्य परिमाणमा हुँदै आएको थियो । भारतले अन्य देशबाट तेल आयातमा उच्चदरको सीमा शुुुल्क लगाउँदा नेपालबाट तेल निकासी हुन्थ्यो । तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधित तेल भारत निकासी हुँदै आएकोमा यो वर्ष निकासी हुन सकेको छैन । भारतले तेल आयातमा शून्य भन्सार नीति लिएपछि भन्सार राजस्व अन्तरको फाइदा उठाएर भइरहेको निकासी घटेको हो । वीरगञ्ज नाकाबाट मुख्यरूपमा जुत्ता, धागो, जुसलगायत उत्पादन निर्यात हुन्छ ।

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र पाँच अर्बको जुस निर्यात

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र पाँच अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ५९ अर्ब ९० करोड ९५ लाख ९१ हजार बराबरको प्रशोधित तेल निर्यात गरिएको छ। जसमध्ये सबैभन्दा […]

वीरगञ्ज नाकाबाट निर्यात ९३% ले वृद्धि, १० महीनामा ७६ अर्बको वस्तु निकासी

जेठ २०, वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रू. ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रू. ३५ अर्ब १३ करोड बढी अर्थात् रू. ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।  यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।  उनले गत आर्थिक वर्षको १० महीनामा रू. एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमामा रू. २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रू. एक खर्ब ७० अर्ब ७० करोड  राजस्व संकलन भएको बताए । रासस

वीरगञ्ज नाकाबाट प्रशोधित तेलको निर्यात ३ गुणाभन्दा बढीले  वृद्धि

चैत १०, वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को पहिलो आठ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ ।  गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यमा यो मूल्य ५३ अर्ब १० करोड रुपैया पुगेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।  चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार कार्यालयले बताएको छ ।  २३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको वीरगञ्ज भन्सारले बताएको छ । भारतले आयात प्रतिबन्ध लगाएकाले गत वर्ष पाम तेल निकासी भएको थिएन । सूर्यमुखी तेलको निकासी परिमाण पनि यो वर्ष उल्लेख्य बढेको छ ।  गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।  वीरगञ्ज नाकाबाट एक दर्जनभन्दा बढी उद्योगले भारततर्फ प्रशोधित तेल निकासी गर्दै आएका छन् ।

विराटनगर भन्सार १ खर्ब ५२ अर्ब व्यापार घाटामा

विराटनगर । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाखको सामान आयात हुँदा ३६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त तथ्यांकले गत आवमा १ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँको व्यापार घाटा रहेको देखाएको छ । कोरोनाका कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भए पनि निर्यातमा सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए । निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक वर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर आवमा विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ । सो नाकाबाट अघिल्लो आव २०७६÷७७ मा २८ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो, जुन गत आर्थिक वर्षको भन्दा ६ अर्ब ३९ करोडले कम हो । विराटनगर भन्सार नाका हुँदै आयात हुने प्रमुख वस्तुहरूमा भटमासको कच्चा तेल, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, मकै, सीआर सीट, खाना पकाउने ग्यास र औद्योगिक मेशिनरी छन् । त्यसैगरी नेपालबाट निकासी हुने मुख्य वस्तुहरू भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, ऊनी, सुती, चाउचाउ, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल लगायत छन् ।

आवको पहिलो महीना ११५ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना नेपालले वैदेशिक व्यापारमा उल्लेख्य सुधार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएकोमा आयातमा सकारात्मक वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा नेपालबाट रू. ९ अर्ब ६२ करोडको वस्तु निर्यात भएकोमा उक्त निर्यात बढेर रू. २० अर्ब ७६ करोड पुगेको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । कुल निर्यातको ४३ दशमलव २५ प्रतिशत अंश रहेको भटमासको तेल रू. ८ अर्ब ९८ करोड बराबरको निर्यात भएको छ । विदेशबाट कच्चा वस्तु ल्याएर प्रशोधन गरिने वस्तुको निर्यात बढेको हो । भटमासपछि पाम र सूर्यमुखी तेलको निर्यात पनि बढेको छ । पामको तेल रू. १ अर्ब ४२ करोडको निर्यात भएको छ । सेन्थेटिक यार्नको निर्यात रू. ९६ करोडको भएको छ भने रू. ८२ करोड बराबरको कार्पेन निर्यात भएको छ । त्यस्तै रू. ७९ करोड बराबरको सूर्यमुखी तेलको निर्यात भएको छ । यस अवधिमा आयात ७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा रू. ८५ अर्ब ८० करोडको आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ । यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ । यसैगरी अघिल्लो वर्षको साउनदेखि नै निरन्तर बढ्दै गएको मोबाइलको आयात पहिलो महीनामा रू. ४ अर्ब ८२ करोडको भएको छ । त्यसपछि फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तुको सबैभन्दा बढी आयात भएको छ । निर्यातमा उल्लेख्य सुधार भए पनि आयातमा निर्भर अर्थतन्त्रका कारण नेपालले वर्षको पहिलो महीनामै रू. १ खर्ब ४९ अर्ब ३१ करोडको व्यापारघाटा भएको छ । अर्थविद् शंकर शर्मा वैदेशिक व्यापारमा नेपालले निर्यातमा सुधार गर्न नसकेको बताउँछन् । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात रोक्न नखोजेको हो भने पनि निर्यातमा सुधार गर्नुपर्नेमा त्यसमा मुलुक सफल नभएको उनले बताए । बा≈य मुलुकबाट कच्चा पाम, सूर्यमुखी र भटमास आयात गरेर निर्यात गर्नाले नेपालले आर्थिक हिसाबले प्रगति गर्न नसक्ने बताउँदै उनले स्वदेशी उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । ‘ऊर्जालाई भारतीय बाटो हुँदै बंगलादेशसम्म निर्यात गरी व्यापारघाटा कम गर्न सकिन्छ,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो उद्योग ऊर्जा हो, उत्पादन बढाएर निर्यात गर्नुपर्छ ।’

वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

वीरगञ्ज, साउन १८ । वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७र७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएको छ । कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । […]

२५ अर्बको भटमास आयात, २३ अर्बको तेल निर्यात

आठ महिनामा २५ अर्ब रुपैयाँबराबरको भटमासको कच्चा पदार्थ आयात हुँदा प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी निर्यात गर्ने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म २५ अर्ब ५४ करोड ३२ लाख १५ हजार […]