वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र पाँच अर्बको जुस निर्यात

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र पाँच अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ५९ अर्ब ९० करोड ९५ लाख ९१ हजार बराबरको प्रशोधित तेल निर्यात गरिएको छ। जसमध्ये सबैभन्दा […]

सम्बन्धित सामग्री

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाकाबाट निर्यात ९३% ले वृद्धि, १० महीनामा ७६ अर्बको वस्तु निकासी

जेठ २०, वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रू. ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रू. ३५ अर्ब १३ करोड बढी अर्थात् रू. ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।  यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।  उनले गत आर्थिक वर्षको १० महीनामा रू. एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमामा रू. २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रू. एक खर्ब ७० अर्ब ७० करोड  राजस्व संकलन भएको बताए । रासस

वीरगञ्ज नाका : आयातमा पेट्रोलियम पदार्थ र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । आयात निर्यात परिमाणका हिसाबले मुख्य नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थ र सवारीसाधन अधिक परिमाणमा भित्रिएको देखिएको छ । बितेको ६ महीनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुको मुख्य सूचीमा यस्ता वस्तुको वर्चस्व रहेको हो । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुससम्मको अवधिमा आयातित मुख्य २० वस्तुको अग्रस्थानमा पेट्रोलियम पदार्थ र सवारीसाधन नै परेका छन् । वीरगञ्ज भन्सारले उठाएको राजस्वमा पनि यस्तै वस्तुको योगदान प्रमुख रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सारको कुल राजस्वमा पेट्रोलियम पदार्थ र सवारीका साधनको मात्रै करीब ६२ प्रतिशत योगदान देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट ३७ दशमलव ४ र सवारीसाधनबाट २४ दशमलव ४ प्रतिशत योगदान रहेको भन्सार प्रमुख पौडेलले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयले ६ महीनामा १ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । यो नाकाबाट भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्यास छन् । चालू आव पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो परिमाण अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा २२ प्रतिशत बढी हो । आयात सूचीको दोस्रो नम्बरमा परेको जीप/कार र भ्यानको आयात पनि ४३ प्रतिशतले बढेको छ । चालू आवको ६ महीनामै ४ अर्ब ९० करोड रुपैयाँबराबरको ४ हजार २९ ओटा यस्ता साधन भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । तेस्रो स्थानमा रहेको पेट्रोल २ लाख ५ हजार किलोलिटर आयात भएको देखिन्छ । पेट्रोल आयात परिमाणका हिसाबले अघिल्लो २५ प्रतिशत बढी हो । सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताइरहँदा यस्तो आयात पनि १५ प्रतिशतले बढेको छ । बितेको ६ महीनामा १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको देखिन्छ । वीरगञ्ज नाका पेट्रोलियम पदार्थ भित्रिने मुख्य नाका हो । कुल खपतको करीब आधा परिमाण यही नाकाबाट आउने भन्सार अधिकारीहरू बताउँछन् । मुख्य आयात सूचीको चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । यो वर्षको शुरुआती ६ महीनामा मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको छ । विगतमा वीरगञ्ज नाकाबाट मोटरसाइकल भित्र्याउने केही आयातकर्ता अहिले भैरहवा भन्सारतिर गएकोले वीरगञ्जबाट आायात घटेको भन्सार अधिकारीहरूको दाबी छ । स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकाले पनि यस्तो आयात घटेको अनुमान उनीहरूको छ ।   यो ६ महीनामा अनएसेम्बल्ड मोटरसाइकलको आयात ८१९ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको पुससम्ममा ८६८ ओटा यस्ता मोटरसाइकल आयात भएको थियो । अहिले यो संख्या ७ हजार ९७९ पुगिसकेको छ । यो नाकाबाट कोइला, मोबिल, हवाई इन्धन, अलकत्रा, फर्नेस आयल, बेस आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधनतर्फ ट्रक, बस र डम्पर पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडा र अर्ध प्रशोधित तेल, फलामलगायत औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।