आवको पहिलो महीना ११५ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना नेपालले वैदेशिक व्यापारमा उल्लेख्य सुधार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएकोमा आयातमा सकारात्मक वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा नेपालबाट रू. ९ अर्ब ६२ करोडको वस्तु निर्यात भएकोमा उक्त निर्यात बढेर रू. २० अर्ब ७६ करोड पुगेको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । कुल निर्यातको ४३ दशमलव २५ प्रतिशत अंश रहेको भटमासको तेल रू. ८ अर्ब ९८ करोड बराबरको निर्यात भएको छ । विदेशबाट कच्चा वस्तु ल्याएर प्रशोधन गरिने वस्तुको निर्यात बढेको हो । भटमासपछि पाम र सूर्यमुखी तेलको निर्यात पनि बढेको छ । पामको तेल रू. १ अर्ब ४२ करोडको निर्यात भएको छ । सेन्थेटिक यार्नको निर्यात रू. ९६ करोडको भएको छ भने रू. ८२ करोड बराबरको कार्पेन निर्यात भएको छ । त्यस्तै रू. ७९ करोड बराबरको सूर्यमुखी तेलको निर्यात भएको छ । यस अवधिमा आयात ७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा रू. ८५ अर्ब ८० करोडको आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ । यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ । यसैगरी अघिल्लो वर्षको साउनदेखि नै निरन्तर बढ्दै गएको मोबाइलको आयात पहिलो महीनामा रू. ४ अर्ब ८२ करोडको भएको छ । त्यसपछि फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तुको सबैभन्दा बढी आयात भएको छ । निर्यातमा उल्लेख्य सुधार भए पनि आयातमा निर्भर अर्थतन्त्रका कारण नेपालले वर्षको पहिलो महीनामै रू. १ खर्ब ४९ अर्ब ३१ करोडको व्यापारघाटा भएको छ । अर्थविद् शंकर शर्मा वैदेशिक व्यापारमा नेपालले निर्यातमा सुधार गर्न नसकेको बताउँछन् । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात रोक्न नखोजेको हो भने पनि निर्यातमा सुधार गर्नुपर्नेमा त्यसमा मुलुक सफल नभएको उनले बताए । बा≈य मुलुकबाट कच्चा पाम, सूर्यमुखी र भटमास आयात गरेर निर्यात गर्नाले नेपालले आर्थिक हिसाबले प्रगति गर्न नसक्ने बताउँदै उनले स्वदेशी उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । ‘ऊर्जालाई भारतीय बाटो हुँदै बंगलादेशसम्म निर्यात गरी व्यापारघाटा कम गर्न सकिन्छ,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो उद्योग ऊर्जा हो, उत्पादन बढाएर निर्यात गर्नुपर्छ ।’

सम्बन्धित सामग्री

४१ प्रतिशतले बढ्यो निर्यात व्यापार, एक वर्षमा दुई खर्बको वस्तु निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]

सात महिनामा बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु ११ ख

कोरोनाको समयमा पनि बढ्यो निर्यात

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ । महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए । चालु […]

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको […]

एक सय ९ प्रतिशतले बढ्यो निर्यात

चालू आर्थिक वर्ष २०७८/२०७९ को साउनदेखि असोजसम्ममा ६५ अर्ब ५ करोड रूपैयाँ बराबरको वस्तु छिमेकी मुलुकमा निर्यात भएको छ।

शतप्रतिशत बढ्यो निर्यात

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब तीन करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा एक सय १५ प्रतिशतले बढी हो । सो...

३७ प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। नेपालको निर्यात व्यापार ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालको निर्यात जम्मा ०.२ प्रतिशतले सुधारिएको छ। यस अवधिमा भारतसँग कुल निर्यातको सबैभन्दा धेरै ४३।३ प्रतिशत निकासी भएको छ।

२० प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।