विराटनगर भन्सार १ खर्ब ५२ अर्ब व्यापार घाटामा

विराटनगर । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाखको सामान आयात हुँदा ३६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त तथ्यांकले गत आवमा १ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँको व्यापार घाटा रहेको देखाएको छ । कोरोनाका कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भए पनि निर्यातमा सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए । निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक वर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर आवमा विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ । सो नाकाबाट अघिल्लो आव २०७६÷७७ मा २८ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो, जुन गत आर्थिक वर्षको भन्दा ६ अर्ब ३९ करोडले कम हो । विराटनगर भन्सार नाका हुँदै आयात हुने प्रमुख वस्तुहरूमा भटमासको कच्चा तेल, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, मकै, सीआर सीट, खाना पकाउने ग्यास र औद्योगिक मेशिनरी छन् । त्यसैगरी नेपालबाट निकासी हुने मुख्य वस्तुहरू भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, ऊनी, सुती, चाउचाउ, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल लगायत छन् ।

सम्बन्धित सामग्री

विराटनगर भन्सार: गत वर्षको भन्दा ७ अर्ब कम राजस्व संकलन

चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षको १० महिनाको भन्दा कम राजस्व संकलन गरेको छ।...

विराटनगर भन्सार: गत वर्षको भन्दा ७ अर्ब कम राजस्व संकलन

चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षको १० महिनाको भन्दा कम राजस्व संकलन गरेको छ।...

तत्कालीन विराटनगर भन्सार प्रमुख बस्नेतविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले कृष्णबहादुर बस्नेत, निजकी श्रीमती सविता गौली बस्नेत, जेठान नवीनकुमार गौली र निजकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन दिएको आयोगका […]

विराटनगर भन्सार कार्यालयमा राजस्व कम

विराटनगर । विराटनगर भन्सार कार्यालयले कोभिड-१९ काे महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको गरेकाे थियाे । तर यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि राजस्व उठाउन नसक्ने देखिएकाे भन्सार कार्यालयले जनाएकाे हाे । आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व […]

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।...

आयात कडाइको प्रभाव राजस्व असुलीमा

विराटनगर भन्सार कार्यालयले ३४ अर्ब ३२ करोड रुपैयाँ राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले ३४ अर्ब ३२ करोड ९२ लाख ७७ हजार रुपैयाँ राजस्व असुली गरेको हो।...

कोरोनाबाट विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको मृत्यु

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र  परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  कोरोना संक्रमण भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष परासरको शनिबार बिहान मृत्यु...

कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि... The post कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन appeared first on Purbeli News.

विराटनगर भन्सार एजेन्ट संघमा पुनः परासर

विराटनगर भन्सार एजेन्ट संघको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः विजेन्द्र परासर निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी प्रविण जोशीलाई १ मत अन्तरले परासरले पराजित गरेका हुन् । विराटनगरमा सम्पन्न १०औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्वको टिम विजयी बनेको हो । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हरिप्रसाद ठाकुर, सुदर्शन दाहाल, नवलप्रसाद उपाध्याय, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द […]