नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत जारी बन्दशत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव पेश गरेको छ ।
विघटित केन्द्रीय कमिटीका उपमहासचिव एवं विधान महाधिवेशनका लागि गठन भएको विधान संशोधन मस्यौदा समितिका संयोजक विष्णु पौडेलले शनिवार साझ विधान संशोधनको प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तावमा उपाध्यक्षको संख्या बढाएर ६ पुर्याउन प्रस्ताव गरिएको छ । यस्तै उपमहासचिवको संख्या ३ बनाउन प्रस्ताव गरिएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले एक वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष तथा उपमहासचिव एकजना मात्र राख्ने प्रस्...