माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको  दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको छ ।