विराटनगर : प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशमा अशान्ति छाएको छ।प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विरोध आयोजना गरिरहेका छन्। आन्दोलन र विरोधकै कार्यक्रमअन्तर्गत चैत ५ गते आइतबार विरोध प्रदर्शन भयो।सोही दिन स्थानीय प्रशासनले ६ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो। त्यसबीच पनि कोशी नामको विरोधमा उर्लिएको जनसागर निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ अघि बढ्यो। त्यसै क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप शुरु भयो।भीड नियन्त्रण गर्न प्रहरीले प्रहार गरेको अश्रुग्य