‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर रहेको स्मरण गराएका छन् । सोमवार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक कार्यक्रममा बोल्दै नेता रिजालले भने, ‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ ।’ उनले थपे, ‘गृहमन्त्रीजी...