पर्वत : चाडपर्वमा हुन सक्ने सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकासहित पोखरामा आउजाउ गर्ने सवारीहरूमा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गर्न सुरु गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको योजना अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित वडामा रहेका प्रहरी युनिटहरूको सहकार्यमा कुकुरसहितको चेकजाँच गरिरहेको