गत वर्ष २० खर्ब बराबरको अन्तर बैंक कारोबार

गत आर्थिक वर्ष २०७७/७८ मा करिब २० खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । गत वर्षमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूबीच १९ खर्ब ९६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको हो । जसमध्ये, वाणिज्य बैंकहरुको १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैँकबाहेक) हरुको २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती तथ्याँकले गत वर्षमा २० खर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको देखाएको ह

सम्बन्धित सामग्री

गत वर्ष ४ खर्बको आन्तरिक र बाह्य लगानी प्रतिबद्धता

उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।

गत वर्ष भन्दा ८३ अर्ब राजस्व कम

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले गत वर्ष भन्दा करिब २० प्रतिशत राजस्व बढाउने लक्ष्य राखेर बजेट सार्वजनिक गरेको थियो । तर, वर्षको आधा समय (साउन-पुस) सम्म लक्ष्य फेला पर्ने होइन, गत वर्षको जति पनि राजस्व उठाउन सकेको छैन् । सरकारी आयव्ययको तथ्यांक राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रण कार्यालयका अनुसार पुससम्म जम्मा ४ खर्ब ५८ […]

४.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, गत वर्ष १० खर्ब ७ अर्ब भित्रियो

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । यसैगरी, गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आर्थिक व

गत वर्ष संघीय सरकारको खर्च १२ खर्ब ९६ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको खर्च गरेको छ। त्यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक […]

गत वर्ष २१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप परिचालन

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्षमा उक्त निक्षेप परिचालन भएको हो। जसअनुसार, गत वर्ष केन्द्रीय बैंकले ४६ खर्ब ६२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन भएको बताएको छ। जुन, अघिल्लो आर्थिक वर्षमा ३८ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको थियो।

गत वर्षको २ खर्ब ९३ करोड बजेट फ्रिज

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा विनियोजन कुल बजेटमध्ये २ खर्ब ९३ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ। विनियोजन भएको १४ खर्ब ७४ अर्ब रुपैयाँमध्ये असार मसान्तसम्म ११ खर्ब ८० करोड रुपैयाँ खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष कुल विनियोजित बजेटबाट ८०.०८ प्रतिशत बजेट खर्च भएको छ। जसमा सबैभन्दा बढी चालू र कम वित्तीय खर्च भएको छ।

गत वर्ष ८० प्रतिशत बजेट खर्च

काठमाडौं। सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेटको ८०.८ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्र कार्यालयका अनुसार वर्षको असार मसान्तसम्ममा कुल ११ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च भएको हो। गत वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। गत आर्थिक वर्षमा सरकारले दुई पटक बजेट संशोधन गरेको थियो।

३७ खर्ब पुग्यो नेप्सेको पूँजीकरण

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पूँजीकरण ३७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तसम्ममा पूँजीकरण ३७ खर्बभन्दा माथि पुगेको हो। गत वर्ष २०७६ सालको चैत महिनामा नेप्सेको पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो। जुन एक वर्षको अवधिमा १९ खर्ब ६६ अर्बले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ।

गत वर्ष चीनले बेच्यो संसारका हरेक मानिसलाई झन्डै ४० वटा मास्क

गत वर्ष चीनको आयात र निर्यात गरी वैदेशिक व्यापार ४६.५  खर्ब डलर पुगेको छ। यो सन् १९५० मा रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै हो।