चैत २९, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को आठ महीनामा चालू खाता ४ खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आवको सोही अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँ घाटामा थियो ।
त्यस्तै चालू आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ घाटामा रहेको छ । गन आवको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो ।