माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये दुई आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ९ दशलमव ९९ प्रतिशतका दरले शेयरमूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य रू.१ हजार ४७२ र बुद्धभुमि नेपालको रू. ५६० दशमलव ४० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७२ दशमलव ६४ अंक बढेर २ हजार ८५२ दशमलव ६२ विन्दुमा पुगेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।