१०.८३ अंकले घट्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर खरीदविक्री

माघ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ८३ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ९२० दशमलव ५१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३२ ओटा धितोपत्र १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर ८७ हजार ४७८ पटकमा रू. ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ दशमलव ९७ मा खरीदविक्री भएको छ । आइतवार कारोबारमा आएका ती  धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ९१४ दशमलव १० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू.३४८ दशमलव १० पुगेको छ ।  त्यसैगरी यो दिन सबैभन्दा बढी सामलिङ पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ६ दशमलव ६९ प्रतिशतले घटेसँगै लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८३ कायम भएको छ । यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५२ प्रतिशतले घटेर रू. ८२२ कायम भएको हो ।  आइतवार सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको रू.३२ करोड १४ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५१३ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुनेमा दोस्रोमा अपि पावर कम्पनी रहेको छ । उक्त कम्पनीको रू. १९ करोड १ लाख ७८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव २२ प्रतिशत,अन्य समूहको १ दशलमव ६८ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ३८ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ५६ प्रतिशतले वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूह रहेको छ । उक्त समूहको परिसूचक यो दिन २ दशमलव ७७ प्रतिशतले घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशलमव ८७ प्रतिशत, व्यापार समूहको परिसूचक १ दशमलव ४७ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ५८ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर समूहको १ दशमलव २२ प्रतिशत,लघुवित्त समूहको शून्य दशलमव २ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव १४ प्रतिशतले घटेको छ ।  यो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । नाफा बुक गर्ने क्रमले निरन्तरता पाएकाले नेप्से परिसूचकहरु दबाबमा परेका हुन् । 

सम्बन्धित सामग्री

५ दशमलव ३२ अंकले घट्यो नेप्से

२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५।३२ अंकले गिरावट हुँदा १९३३।३१ अंकमा बन्द भएको छ । लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १।४१ प्रतिशतले वृद्धि हुँदा लगानी […]

आज सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ५ साउन । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ५ दशमलव ८७ अंकले घटेर २०४४ दशमलव ७२ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले घटेर ३९१ दबमलव ६४ विन्दुमा थामिएको हो । नेप्सेको अनुुसार आज २२५ कम्पनीको १ अर्ब […]

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । हिजो बिहीबार नेप्से १८ दशमलव ४ अंकले घटेर २ सय ३५०४२ विन्दुमा पुगेको छ । कारोबारको पहिलो दिनदेखि लगातार बढेको नेप्से अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको हो । बिहीबार ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव ७० अंकले घटेर लागेर चार ५३ दशमलव ९६ अंकमा पुगेको छ । नेप्से […] The post दोहोरो अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज २३ अंकले घट्यो नेप्से

काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर […] The post आज २३ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रि ओपनिङमा दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, ६ चैत । साताको कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज प्रि ओपनिङ सेसनमा नेप्से १९.७२ अंकले घट्दै २६३१.२५ को विन्दुमा पुगेको हो । यस्तै यो अवधिमा १४ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

प्रि ओपनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ । यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा […]

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से

काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार […]

आज सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ५ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १ दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ विन्दु कायम भएको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० अंकमा रहेर ५१९ दशमलव ६५ विन्दुमा कामय भएको छ […]

आज ७० अंकले घट्यो नेप्से

काठमाडौं, १२ असोज । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ […]

सातामा ६२ अंकले घट्यो नेप्से

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।