माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा दुई ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २२३ओटा धितोपत्रमध्ये दुइ आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।
विन नेपालको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपालको रू. ३८२ दशमलव ९० रहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशमलव ८७ अंक घटेर २ हजार ८५९ दशमलव ६४ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ४ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।