३८.४२ अंकले घट्यो नेप्से परिसूचक, वित्त समूहका लगानीकर्ताले सवैभन्दा धेरै गुमाए

माघ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ४२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसुचक २ हजार ७७६ दशमलव ६५ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३३ ओटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ६१ हजार ४  पटकमा रू. ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ दशमलव १७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २१६ दशलमव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ४६३ दशमलव २० पुगेको हो ।  त्यसैगरी यो दिन बुधवार सबैभन्दा बढी पोखरा फाइनान्सका शेयरधनीले गुमाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५९ प्रतिशतले शेयरमूल्य घटेसँगै कम्पनीको शेयरधनीले सर्वाधिक गुमाएका छन् । शेयर मूल्य प्रतिकित्ता रू.५५६ मा झरेको हो । त्यसैगरी दोस्रोमा सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ दशमलव २८ प्रतिशत घटेर प्रतिकित्ता रू.४७० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन कम्पनीको रू. १६ करोड ७७ लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१२ कायम भएको छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. १३ करोड ५५ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।  यो दिन सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव २४ प्रतिशत, व्यापार समूहको परिसूचक १ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव १६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६९ प्रतिशतले घटेको छ ।  यस्तै हाइड्रोपावर समूहको १ दशमलव ५९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ११ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७५ प्रतिशत,अन्य समूहको १ दशमलव १४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ६९ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।    अघिल्लो  साता ३ हजारभन्दा माथि पुगेको नेप्से  यो दिन २ हजार ८०० मुनि झरेको छ । सामान्य उतारचढाव भएकाका कारण यो साताको शुरुवातदेखि नै नेप्से ओरालो लागिरहेको छ ।  

सम्बन्धित सामग्री

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार […] The post दोहोरो अंकले घट्यो नेप्से परिसूचक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अंकमा कायम भएको छ । आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार […]

९.१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार

३९.१५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट भएको छ।बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक

३३.९७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ।आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ।आइतबार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। वा

३१ अंकले घट्यो नेप्से परिसूचक

२१ वैशाख, काठमाडौं । लागतार घटिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक २२ सयको लाइनमा झरेको छ । बुधबार ३१ दशमलव ७६ अंकले घटेर नेप्से परिसूचक २२ सय ७५ दशमलव ६८ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९० अंकले घटेकेा छ । नेप्से परिसूचक लगातार […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२५ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबरा पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको झरेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बजार घट्ने क्रममा छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि कम देखिएको छ । कारोबार […]

२२.११ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ।मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ।बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ।आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचकसँगै कारो

सातामा १५१.६१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एकदिन भने सामान्य अंकले वृद्धि भएको छ।यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ। अघिल्लो साता  ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो। पछिल्ल

६१ अंकले घट्यो नेप्से परिसूचक

१० असोज, काठमाडों । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । शेयर कारोबार रकममा पनि आइतबार […]