चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारबारे अझै अलमल कायमै छ । काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली गत मंसिरमा साइट भिजिट गर्न नेपाल आएको थियो । दोस्रो खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गरेर फर्किर्एको थियो । तर त्यसपछि यस खण्डको विस्तारमा अहिले थप काम केही हुन सकेको छैन । ‘मंसिरसम्म जे प्रगति थियो, अहिले पनि त्यही छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ।