जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् ।प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल