माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिए । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन्द गर्नेगरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको कार्कीले बताए ।