सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए । त्यही पंक्तिमा अशक्त जस्तो देखिने एकजना महिला लौरो कुर्चि छेउमा अडाएर आफ्नो पालो कुरेर बसिरहेकी एकजना महिलाले भन्दै थिइन्, ‘पहिले त चर्को घाम र झरि नभनी उभिनुपर्थाे, अहिले त अर्कै बनाएछन् ।’गत ८ वर्षदेखि सुगर र प्रेसरको विमारले पीडित भएको बताउने अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ भगवती ग