अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबूकमा अनाधिकृत पहुँच पुर्याई म्यासेन्जरबाट पीडितहरूसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ट्रान्सफर गरिदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्र...