काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर नयाँ अफर’ घोषणा गरेको छ । आगामी २८ चैतदेखि लागू हुनेगरी दराजले नयाँ वर्षको उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकलाई विभिन्न डिलहरू उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ५ हजार रुपैयाँसम्मको भौचर, विभिन्न अफर र अनलाइन भुक्तानीमा विशेष छूट उपलब्ध गराइने कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बम्पर उपहारमा नयाँ ‘यडिया एस–लाइक’ स्कुटर जित्न सकिने बताइएको छ । त्यसका लागि नेपाल बैंक लिमिटेड र दराजबीच यसअघि नै सम्झौता भइसकेको छ ।
उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्डबाट अग्रिम भुक्तानीमा १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउन सकिनेछ । त्यस्तै क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा बढीमा १ हजार ५०० रुपैयाँसम्म छूट दिइनेछ ।