नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले एमिकस क्युरी नपठाउँदा संवैधानिक इजलासको विवादसम्बन्धी पेशी तोकिएको भए पनि कुनै सुनुवाइ हुन सकेन ।
शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको थियो । तर सुनुवाइको लागि यसअघि हरिप्रसाद फुयालको इजलासले दुवै बारबाट दुई/दुई जना वरिष्ठ अधिवक्तासहित चार जना एमिकस क्युरीको रुपमा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि नेपाल बार एशोसिएसनले पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्...