संवैधानिक इजलासको विवादसम्बन्धी मुद्दा सहमतिविपरीत डिभिजनल बेञ्चमा परेपछि नेपाल बार एसोसिएसनले असहमति जाहेर गरेको छ ।
बारले सर्वोच्चको आदेशबमोजिम एमिकस क्युरी समेत नपठाउँदा शुक्रवार उक्त मुद्दाको सुनुवाइ समेत प्रभावित भएको छ ।
गत भदौ २८ गते बार-बेञ्च समन्वय समितिको बैठकमा भएको सहमतिविपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रवार इजलास तोकेपछि साम्य भइसकेको बार-बेञ्चबीचको टसल फेरि सतहमा आएको हो ।
अधिवक्ता डा. गणेश रेग्मीले प्रधान न्यायाधीशरहित संवैधानिक इजलास गठन गर्न नमिल्ने, प्रधानन्यायाधीशमाथि कसै...