काठमाडौँ, २१ माघ: जिल्ला अदालत मकवानपुरले तेस्रोलिंगीको हत्यामा संलग्न रहेको ठहर गर्दैै आरोपीलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ । अदालतले ४ माघ ०७६ मा हेटौँडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रोलिंगी नाम परिवर्तन ‘कमलडाँडा एफ’को हत्यामा संलग्न तीनजनालाई जीवित रहेसम्म कैद फैसला गरेको हो । हत्यामा संलग्न अन्यमध्ये एकजना नाबालकलाई १६ वर्ष कैद, एकजनालाई चार […]