हेटौंडा : मकवानपुरमा एक तेस्रोलिङ्गी युवतीलाई बलात्कारपछि हत्या गरेको घटनामा अदालतले ६ जनालाई दोषी ठहर गरेको छ। हेटौंडा उपमहानगरपालिका–११की २९ वर्षीया तेस्रोलिङ्गी युवतीलाई दुई वर्ष पहिले बलात्कारपछि हत्या गरेको घटनामा जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ। हत्याको घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौं