काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिहीबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको पार्टी बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्। यसअनुसार १३ जना लोसपा सांसदहरुले बिहीबार एमसिसीका पक्षमा मतदान गर्नेछन्।