काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा उभिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले थाहाखबरलाई जानकारी दिइन्।उनले भनिन्, ‘एमसिसीको विषयमा छलफल गर्नको लागि बैठक बसेको थियौँ। हाम्रो पार्टीको १३ जना सांसदमध्ये १२ जना उपस्थित हुनुहुन्थ्यो। सबैले एमसिसीको पक्षमा उभिनुपर्छ भनेर एकमतले निर्णय गरेका हौँ।’अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गर्दा हाम्रो देशमाथिको विश्वसनियतामाथ