वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर असोजमा १०.०८ प्रतिशत कायम भएको छ । यो आधार ब्याजदर गत आवको सोही अवधिको तुलनामा करिब ४ प्रतिशतले धेरै हो । आर्थिक वर्ष ०७३÷७४ असोजमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.४३ प्रतिशत मात्र थियो । आधार ब्याजदर नघट्नु भनेको तत्काल बैंकको ब्याजदर पनि नघट्ने संकेत हो । त्यसैगरी ०७३ असोजमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१२ प्रतिशत रहेकोमा ०७४ असोजमा १.१८ प्रतिशत कायम भएको छ ।