बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदद भने बढाएका छन् । बैंकहरूले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो ।
नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको जनाएको छ ।