संघीय संसद्को अर्थ समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिले बैंक-वित्तीय संस्थाको वर्गअनुसार आधार ब्याजदर र कर्जाको ब्याजदर एउटै हुनुपर्ने सुझाव दिएको छ । समितिले मौद्रिक नीतिले ब्याजदर घटाएर एकल अंकमा ल्याउनु आवश्यक नीतिगत व्यवस्था समेत गर्न समितिले सुझाएको हो ।
वाणिज्य बैंकहरू सबैको आधार ब्याजदर र कर्जाको ब्याजदर एकै हुनुपर्ने समितिको सुझाव छ । त्यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूको पनि समूहगत अधार ब्याजदर र कर्जाको ब्याजदरमा एकरूपता ल्याउनु पर्ने सुझाव समितिको छ ।