जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आज (आइतबार) प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो । सङ्घीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ […]