गृह मन्त्रालयले विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा भएको टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सानै विभूषणहरुमा अंकित हुँदा अहिले फरक पर्न गएको स्पष्ट पारेको छ ।
कोभिड–१९ का कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हाल सुशोभन भएको पनि मन्त्रालयले जनाएको छ ।
नेपालको वर्तमान नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नक्सा अंकित भएको र यसको सुशोभन आगामी वैशाख १ मा गरिने प...