काठमाडौं: दुई हप्ता अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एथ्लेटिक्स परिवार नेपाल भन्ने संस्थाले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै अनुमानित ४५ लाखको लगानीमा चारवटा प्रतियोगिता गर्ने योजना सार्वजनिक गरिएको हो।
राजन खत्रीको अध्यक्षतामा रहेको उक्त संस्थाले मंसिर महिनामा युथ एथलेटिक्स, माघमा झिल्टुङ क्रसकन्ट्री, फागुनमा गोल्डन एथलेटिक्स…