अनियमितता भएको भन्दै कारबाहीको माग

संखुवासभा : चैनपुर नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सङ्खुवासभाका चार राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका छन्।चैनपुर नगरपालिका नगरप्रमुख भरतकुमार खत्री सहित नगरपालिका नेतृत्वले अनियमितता गरेको आरोप लागेका छन्। नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन्।चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी

सम्बन्धित सामग्री

पोषण अनुदानमा ‘चलखेल’ गर्नेविरुद्ध प्रदर्शन

बाढी प्रभावित बस्तीका विपन्न परिवारलाई आर्यआर्जन र पोषणका लागि वितरण गरिएको अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै उपभोक्ताहरुले प्रदर्शन गरेका छन् ।

ट्रमामा एम्बुलेन्स खरिदमा अनियमितताको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय ट्रमा सेन्टरले एम्बुलेन्स खरिदमा अनियमितता गरेको आशंकामा कागजात झिकाई छानबिन थालेको छ । ट्रमामा एचडी माइक्रोस्कोप, एम्बुलेन्सलगायत खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेर २०७९ पुसमा अख्तियार, प्रधानमन्त्रीको कार्यालय, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेको थियो ।

कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ । आठराई गाउँपालिकाका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दा ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका छन् । ठेकेदार कम्पनीले गाउँबस्तीमै पुगेर गरेको अनियमितताबारे उपभोक्ताले भण्डाफोर अभियान सञ्चालन गर्दै कारबाहीका लागि अख्तियारमा उजुरी दर्ता गराएका हुन् । ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै उपभोक्ताले सङ्घर्ष समिति नै गठन गरेका छन् । गाउँपालिका क्षेत्रमा विद्युत् […]

सहुलियतको चामलमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग

फलोअप लकडाउनको अवधिमा हुम्ली जनतालाई चामलमा दिइएको २० प्रतिशत छुटमा अनियमितता गर्ने कर्मचारीमाथि कारबाही हुनुपर्ने आवाज उठेको छ । हुम्लाका जनप्रतिनिधिले घटनाको सत्यतथ्य छानबिन गरी दोषी कर्मचारीलाई कारबाही हुनुपर्ने माग उठेको हो । लकडाउनका...

पुल बनाउने माग गर्दै स्थानीयद्वारा चक्काजाम

बागमती नदीमा निर्माणाधीन पुलमा स्थानीय सरकारको मिलोमतोमा अनियमितता भएको भन्दै रौतहटको समनपुरमा स्थानीयबासीले कारबाहीको माग गर्दै चक्काजाम गरेका छन्। विकासको विषयलाई लिएर स्थानीयले चक्काजाम गरेको यो पहिलोपटक हो।

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

नौ जनाविरुद्ध पौने तीन अर्बको मुद्दा

सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौँमा आइतबार दायर गरिएको मुद्दामा सबैसँग गरेर दुई अर्ब ७५ करोड रुपियाँ बिगो माग दाबीसहित सबैलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग पनि गरिएको छ।