राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग चुनावी मैदानमा उत्रिएका बागलुङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य पाठकले आफ्नो प्रचार अभियानलाई रचनात्मक र प्रविधिमैत्री बनाएका छन् । हरेक मतदाताकहाँ पुगेर उनीहरुसँग मत मागिरहेका पाठकको प्रचार अभियानमा प्रविधिको समेत प्रयोग गरेका हुन् । पाठकले भोट माग्नका लागि घरदैलोदेखि अन्तरक्रिया र सामाजिक सञ्जाल र प्रविधिको सम्पूर्ण रुपमा प्रयोग गर्दै आएका छन् । पाठकले घरदैलोका क्रममा भिडियो कलमार्फत घरबाहिर भएकासँग समेत मग माग्ने गरेका छन् । उसो त