प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको प्रस्तावित नामावली केन्द्रमा पठाएपछि कर्णाली प्रदेशमा पनि चुनावी चहलपहल सुरु भएको छ ।स्थानीय, जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेका प्रस्तावित नाममध्ये दलहरूले आफ्ना अधिकांश मुख्य नेतालाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेका छन् । कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका दुई–दुई तथा बाँकी आठ जिल्लामा एक–एक गरी १२ क्षेत्र छन् ।उम्मेदवार छनोट प्रक्रिया सुरु भएसँगै कर्