ठूल्दाजुको छोरो, मेरो भतिजो। स्कुल नजाँदैको समय सानोमा बरु ऊ र म सँगसँगै खेल्थ्यौँ। जति ठूलो भयो, केटाहरू केटीसँग खेल्न, संगत गर्न नखोज्दा रहेछन्।
ऊ पोखराबाट घर आउँदा मलाई लाटी फुपू भनेर बोलाउँछ। म उसलाई कराउँछु अनि कापीमै लेखेर भन्छु, ‘पूजा फुपू भन्न सक्दैनस्? नभए फुपू मात्रै भन्।’
‘यस्ता नि...