वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् । यो विवाह २६ अक्टुबर (६ कात्र्तिक) मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फ