बिहे गर्ने सही उमेर कति हो भनेर सोध्ने हो भने मान्छेले आ–आफ्नो अनुभव र सुविधा अनुसार फरक-फरक जवाफ दिन्छन् । छिटो बिहे गरेर पछुताएकाहरुले ढिलो बिहे गर्न सुझाव दिन्छन् भने ढिलो गरेर पछुतो मानेकाहरुले चाँडै बिहे गरेर सन्तान हुर्काइ सक्न अनुरोध गर्छन् तर खासमा बिहे भन्ने कुरा उमेरसँग भन्दा पनि मनसँग सम्बन्धित कुरो रहेछ ।
उमेरसँग मात्र सम्बन्धित हुन्थ्यो भने त सरकारले तोकिदिएको १८ र २० वर्ष पार गरेपछि सबैको बिहे भइसक्थ्यो होला । तर त्यसो हुन सकेको छैन । जिन्दगीमा गर्नु पो खासै के छ र ? स्कुल कलेजको पढाइ सक्यो, जागि...